छाँयानाथ रारा नगरपालिकाको वडा कार्यालयमा आउने पाहुनालाई टोकरी र कुचो उपहार
१२ नम्बर वडाले आफ्नो वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा, आयआर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतलगायत बिभिन्न स्थानीय स्रोतको पहिचान निर्माण गर्दै उपहार दिने परम्परा सुरु गरेको हो ।
No Author Assigned | एक बर्ष अगाडि
मुगुको छाँयानाथ रारा नगरपालिकाले पहिलो चरणमा वडा पालिकामा आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने भएको छ ।
१२ नम्बर वडाले आफ्नो वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा, आयआर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतलगायत बिभिन्न स्थानीय स्रोतको पहिचान निर्माण गर्दै उपहार दिने परम्परा सुरु गरेको हो ।
नयाँ अवधारणा अनुसार वडाभित्र रहेका सात तालको प्रचार प्रचार जडिबुटीको प्रवद्र्धन, निगालोबाट तयार गरिने फोहोर फाल्र्ने टोकरी, झाडुलगायत जुता , किताबकापी राख्ने र्याक निर्माण गर्ने साथै स्थानीय खाद्यान्न बालीहरुको उत्पादनमा प्राथमिकता दिइएको वडा नम्बर १२ का वडाध्यक्ष आइतुराम रोकायले जानकारी दिए ।
Facebook Comments