वडाध्यक्ष गए बेलायतः ‘वडा सचिव भन्छन–थाहा छैन, वडाध्यक्ष श्रीमती भन्छिन– ऋण तिर्न बेलायत जानु भएको हो’!
वडाअध्यक्ष गुरुङकी श्रीमती संगिता गुरुङले ऋण तिर्नका बेलायत गएको बताएकी छन भने वडासचिव असलेख कुमार चौधरीले भने आफुलाई थाहा नभएको बताएका छन ।
No Author Assigned | २०८१ साउन २१ गते १२:१४
राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ बेलायत गएका छन ।
वडाअध्यक्ष गुरुङकी श्रीमती संगिता गुरुङले ऋण तिर्नका बेलायत गएको बताएकी छन भने वडासचिव असलेख कुमार चौधरीले भने आफुलाई थाहा नभएको बताएका छन ।
गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । करिब ४० लाख ऋण भएकाले ऋण तिर्नका लागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताएकी छन ।
वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् । कार्यवाहक वडा अध्यक्ष पुनका अनुसार उनलाई साउन १६ गते देखि वडा अध्यक्ष गुरुङले आफुलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएका हुन । आफु बेलायतबाट नर्फकनुजेलसम्मका लागि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको पुनले बताइन ।
२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए।
Facebook Comments