तातोपानी गाउँपालिकाका दुई सय ५० बालबालिकालाई खाद्यान्न

बुधबार तातोपानी गाउँपालिकामा आयोजित एक कायर्यक्रममा आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिए।

No Author Assigned | २०८१ साउन २३ गते २२:४०
Image of storage/news/1723026313.jpeg

तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ।

 

बुधबार तातोपानी गाउँपालिकामा आयोजित एक कायर्यक्रममा आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिए। सो परियोजनाले यसअघि यहाँका दुई सय ८५ बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरेको थियो।

 

गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उनीहरूलाई जनही २५ केजी चामल, पाँच लिटर तेल, पाँच केजी दाल, दुई प्याकेट नुनलगायत खाद्यान्न वितरण गरिएको संयोजक शाहीले बताए।

 


Facebook Comments