महाङ्काल गाउँपालिकामा दुध र दुग्धजन्य पदार्थमा अनिवार्य कर लागु (सूचनासहित)
पालिकाले प्रकाशन गरेको सूचनामा गाउँसभाबाट पारित आर्थिक ऐन, २०८१ अनुसार अब दुध संकलन केन्द्र, डेरी उद्योग, तथा दुग्धजन्य पदार्थ ढुवानीकर्ताले ०.२० पैसा प्रति लिटरका दरले कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।
No Author Assigned | २०८१ साउन २६ गते २३:१४
महाङ्काल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन र वितरण गरिने दुध र दुग्धजन्य पदार्थमा अनिवार्य कर लगाउने निर्णय गरेको छ ।
पालिकाले प्रकाशन गरेको सूचनामा गाउँसभाबाट पारित आर्थिक ऐन, २०८१ अनुसार अब दुध संकलन केन्द्र, डेरी उद्योग, तथा दुग्धजन्य पदार्थ ढुवानीकर्ताले ०.२० पैसा प्रति लिटरका दरले कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।
यो व्यवस्था २०८१ श्रावण महिनाबाट लागु हुने जानकारी दिँदै गाउँपालिकाले सम्बन्धित सबैलाई कर असुल गरिने चेतावनी दिएको छ । साथै, दर्ता हुन छुट भएका संस्थाहरुलाई यथाशीघ्र दर्ता प्रक्रिया पुरा गर्न र संकलित दुधको परिमाण अनुसार हरेक महिनाको पहिलो साताभित्र कर बुझाउन सूचित गरिएको छ ।
यदि कसैले यो नियमको पालना नगरेमा, सम्बन्धित संस्थाहरुलाई गाउँपालिकाले वा अन्य निकायबाट प्रदान गरिने अनुदान रोक्ने चेतावनी समेत दिएको छ । साथै, प्रत्येक दुग्ध व्यवसायीले किसानहरुको नाम र संकलित दुधको परिमाण गाउँपालिकामा उपलब्ध गराउनुपर्नेछ ।

Facebook Comments