नाम्खा गाउँपालिका– ६ को लिमीमा पत्ता लाग्यो नयाँ झरना
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष लिमीको हल्जी गाउँको उत्तरको काँच्यो भन्ने स्थानमा झरना (स्थानीय भाषामा ख्याकाप) पत्ता लागेको र जुन निक्कै अग्लो रहेको जानकारी दिए।
No Author Assigned | २०८१ साउन २८ गते ११:५४
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको उत्तरतर्फ पर्ने काँच्यो क्षेत्रमा नयाँ झरना पत्ता लागेको छ ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष लिमीको हल्जी गाउँको उत्तरको काँच्यो भन्ने स्थानमा झरना (स्थानीय भाषामा ख्याकाप) पत्ता लागेको र जुन निक्कै अग्लो रहेको जानकारी दिए। उक्त झरना करिब डेढ सय मिटर अग्लो रहेको बताउँदै वडा अध्यक्ष तामाङले यो पर्यटकीय क्षेत्र समेत रहेको बताए।
काँच्यो क्षेत्रमा रहेको ताल हेर्न जाने क्रममा लिमीको हल्जी गाउँका स्थानीयले सो झरना पत्ता लगाएका हुन् । निक्कै अग्लो स्थानमा रमणीय देखिने झरनाका लागि आवश्यक पूर्वाधारको विकास गर्न पर्ने उनको भनाई छ । सो क्षेत्र पाँच हजार दुई मिटर उचाइमा रहेको तर बाटोको व्यवस्था समेत नभएका कारण ताल जस्तै झरना पनि ओझेलमा पर्ने उनले बताए ।
Facebook Comments