क्व्होलासोथार गाउँपालिकामा ट्होटे पर्वको अवसरमा आज सार्वजनिक बिदा (सूचनासहित)

गुरुङ समुदायको परम्परागत सांस्कृतिक पर्वको रूपमा हरेक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाइने प्रचलन छ। यसै अवसरमा क्व्होलासोथार गाउँपालिकाले मंगलबारका दिन सार्वजनिक बिदा दिएको हो।

No Author Assigned | २०८१ साउन २९ गते ०४:१९
Image of storage/news/1723535243.jpg

लमजुङको क्व्होलासोथार गाउँपालिकामा आज गुरुङ समुदायले मनाईरहेको ट्होटे पर्वका लागि सार्वजनिक बिदा दिइएको छ।

 

गुरुङ समुदायको परम्परागत सांस्कृतिक पर्वको रूपमा हरेक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाइने प्रचलन छ। यसै अवसरमा क्व्होलासोथार गाउँपालिकाले मंगलबारका दिन सार्वजनिक बिदा दिएको हो।

 

गएको शनिबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले ट्होटे पर्वको महत्त्वलाई ध्यानमा राख्दै, मंगलबार गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस बिदाको दौरानमा गाउँपालिकाका सबै कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू ९अत्यावश्यक सेवा बाहेक०, विद्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।

 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले यो पर्वको महत्त्वलाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्। साथै, ट्होटे पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायका व्यक्तिहरूलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ।

 

सूचना


 


Facebook Comments