सहकारी प्रकरणबारे स्थानीय तहलाई मन्त्रालयले भन्यो– तुरुन्त विवरण पठाउन (पत्रसहित)
प्रतिनिधिसभाअन्तर्गत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको आग्रहअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई सहकारीसम्बन्धी विवरण तुरुन्त पठाउन भनेको हो ।
No Author Assigned | २०८१ साउन ३० गते १७:४५
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई सहकारीसम्बन्धी विवरण तत्काल पठाउन निर्देशन दिएको छ ।
प्रतिनिधिसभाअन्तर्गत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको आग्रहअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई सहकारीसम्बन्धी विवरण तुरुन्त पठाउन भनेको हो ।
सहकारीमा बचत गरिएको रकम अपचलन हुँदा लाखौँ नागरिक समस्यामा परेपछि प्रतिनिधिसभाले यसबारे छानबिन गर्न सूर्य थापाको नेतृत्वमा समिति गठन गरेको छ । सो समितिलाई अध्ययन अनुसन्धानमा सहयोग पुग्नेगरी आवश्यक विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयले भनेको हो ।
७५३ वटै स्थानीय तहलाई मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

Facebook Comments