Ad Image

डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाह : पहिला नगरपालिकाको पैसामा निजी पोखरी बनाए, पछि उजुरी पर्यो, पैसा फिर्ता गरे

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721713277.jpeg

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।

 

आर्थिक वर्ष २०७९/८० मा डाक्नेश्वरी नगरपालिका वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि ५ लाख बजेट खर्च गरिएकामा ४ लाख ८४ हजार ७३० रुपेयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो । घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन ।

 

सोबिचमा निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले आइतबार ब्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले बताए ।