Ad Image

पोखरा महानगरले छुट्यायो भ्रमणका लागि १ करोड ११ लाख बढी बजेट

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721731163.jpg

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि भ्रमण खर्च १ करोड ११ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ ।

 

पोखरा महानगरले चालू आर्थिक वर्षका लागि असार ३० गते पारित भएको बजेटमा भ्रमणका लागि १ करोड ११ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको हो ।  

 

बजेटमा ७८ हजारदेखि ६० लाखसम्म भ्रमणका लागि छुट्याइएको छ । विभिन्न १३ शीर्षकमा भ्रमणका लागि १ करोड ११ लाख ५ हजार रकम पोखरा महानगरले छुट्याएको हो ।