Ad Image

बजेटविहीन गोदावरी नगरपालिका, काम जति शुन्य!

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721788608.jpg

गोदावरी नगरपालिका बजेटविहीनको अवस्थामा छ । 



गोदावरी नगरपालिकाका मेयर-उपमेयर नै भ्रष्टाचारको आरोपमा निलम्बनमा परेकाले चालु आर्थिक वर्षको बजेट नगरसभामा पेस हुन सकेको छैन । जसले विकास निर्माणसहित आर्थिक कारोबारका काम रोकिएको छ ।  



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोगमा गएको जेठ २१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि मेयर र उपमेयर दुवै निलम्बनमा छन् । 




गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार मेयर र उपमेयर नै निलम्बनमा परेपछि नगरसभा बोलाउने र अध्यक्षता गर्ने नै मान्छे नभएकाले नीति कार्यक्रम तथा बजेट ल्याउन नसकिएको हो ।