Ad Image

मधुवन नगरपालिकामा वन्यजन्तुबाट प्रभावितको दुर्घटना बिमा

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721912740.jpg

बर्दियाको मधुवन नगरपालिकाका-३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बिमा गरिएको छ।

 

मधुवन नगरपालिका -१, २ र ३ नम्बर वडामा बसोबास गर्ने एक हजार तीन सय ११ परिवारका तीन हजार तीन सय ९० महिला र तीन हजार तीन सय ६६ पुरुषको प्रतिव्यक्ति दुई लाखका दरले सामूहिक दुर्घटना बिमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिए ।  कूल ३५ करोड १२ लाख बिमाङ्क जम्मा गरिएको छ ।

 

डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँकेमार्फत उनीहरूको  बिमा गरेको हो ।