Ad Image

सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिँदै

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721959127.jpg

इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमित तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ ।

 

सूर्योदय नगरपालिकाका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो । स्वास्थ्य संस्थाले नियमित रूपमा गर्ने काम र तीनको रेकर्ड सहित छ छैन, स्वास्थ्य संस्थाले पालिकालाई गर्ने रिपोर्टिङ सहित छ छैन जस्ता विषय नियमिति तथ्याङ्क गुणस्तर मापनका क्रममा हेर्ने गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिए ।

 


सूर्योदय नगरपालिकाले वडा नं ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि काम गरिरहेको छ । नगर प्रमुख रण बहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम भइरहेको बताए। नगरले भर्खरै मात्र देशमै पहिलो पटक फिक्कल अस्पतालमा बायो क्यामेस्टीको फुल्ली अटोमेटीक एनालाईजर मेसीन जडान जडान गरेको छ । उक्त मेसीनले १५ मिनेटमा सबै प्रकारका रिर्पोट दिन सक्ने बताइएको छ ।