Ad Image

मालिका गाउँपालिकामा ‘एक घर, एक धारा’

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721974883.jpg

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

 

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।  ‘एक घर , एक धारा’ आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिए । तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका छन ।

 

नेवाको १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।