Ad Image

सिद्धिचरण नगरपालिकाको बजेट ६६ करोड ८१ लाख

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721978284.jpg

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि ६६ करोड ८१ लाख ५ हजार ८ सय १७ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

 

सिद्धिचरण नगरपालिकाले आन्तरिक आय १ करोड ७५ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँटबाट ६५ लाख, संघीय सरकारको राजश्व बाँडफाँट १० करोड ४८ लाख, प्रदेश सरकार अन्तर्गत सवारी साधन कर ८३ लाख ४८ हजार, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड ४५ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड ५५ लाख र शसर्त अनुदान गरी ३५ करोड ४२ लाख २१ हजार बजेट प्रस्तुत गरेको हो।

 

यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण ६३ लाख ८७ हजार, समपुरक अनुदान १ करोड ३० लाख र शसर्त अनुदान १ करोड ७० लाख ८६ र बाँकी अपुग रकम मौज्दातबाट १ करोड ५३ लाख ३ हजार ८ सय १७ रुपैयाँ रकम व्यहोर्नेगरी नगरपालिकाले बजेट बनाएको हो ।