Ad Image

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थाल्यो बाँसजन्य वस्तु प्रवर्द्धन

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1721983622.jpg

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवर्द्धन गर्न सुरु गरेको छ।

 

बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको प्रवर्द्धन गर्न सुरु गरेको हो। नगरपालिकामा बाँस प्रशस्त पाइने भएकाले विभिन्न किसिमका सामग्री उत्पादन गरेर रोजगारीका अवसर सिर्जना गर्नुका साथै बाँसजन्य वस्तुको प्रवर्द्धनमा जोड दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

 

नगरप्रमुख भट्टराईका अनुसार पालिकाले यसअघि पनि बाँसको उपयोग गरेर स्तनपान कक्ष बनाएको छ। बाँसबाट विभिन्न घरायसी सामग्री निर्माण, उत्पादन तथा प्रवद्र्धनका लागि नगरपालिकाकोतर्फबाट तालिम दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले बताए। नगर मातहतका विभिन्न सरकारी तथा गैरसरकारी निकायका कार्यालयमा बाँसका सामान बिक्री गरिने बताउँदै स्थानीय स्तरमा सीप विकासका लागि नीतिगत योजना बनाएर तालिमको व्यवस्था गरिएको छ । स्थानीय बासिन्दाले उत्पादन गरेका बाँसका सामग्री बिक्रीका लागि नगरले बजार व्यवस्थापन गर्ने योजना रहेको छ।

 

बाँसजन्य वस्तुको प्रवर्द्धनका लागि दिक्तेल बजारमा आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्ने मिति निर्धारण गरिएको नगरप्रमुख भट्टराईले बताए। उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलन आयोजना गर्न नगरपालिकाले पाँच लाख रूपैयाँ  बजेट विनियोजन गरेको छ।