Ad Image

भेडेटारमा स्काइ–वाक टावर सुचारु

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722083007.jpeg

चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ ।


स्काइ–वाक टावर धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईले जानकारी दिए ।

 

टावर प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले करिब २० करोड लगानीमा निर्माण गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताए । ५० मिटर लम्बाइको सो स्काइ–वाक टावर ‘क्यान्टिलिभर टावर’ मोडलमा निर्माण गरिएको छ । एक पटकमा दुई सय जना हिँड्न सकिने स्काइवाक टावरको उचाइ एकसय मिटर र चौडाइ ४ मिटर छ ।