Ad Image

रुकुमपश्चिमका चार स्थानीय तहले गरे लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1722683119.jpg

रुकुमपश्चिमका चार स्थानीय तहले गत आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेका छन् ।

रुकुमपश्चिमका चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका हुन ।


चौरजहारी नगरपालिकाले दुई करोड ६६ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकोमा तीन करोड नौ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । आठबिसकोट नगरपालिकाले गत वर्ष दुई करोड ८१ लाख ३२ हजार ९५५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उसले दुई करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।


तयसैगरी, ४५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको बाँफीकोट गाउँपालिकाले ७१ लाख ७७ हजार २९९ रुपियाँ राजस्व सङ्कलन गरेको छ । बाँफीकोटले २६ लाख ७७ हजार २९९ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।  एक करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएको त्रिवेणी गाउँपालिकाले एक करोड एक लाख ५६ हजार २४८ रुपियाँ सङ्कलन गर्न सफल भएको छ ।