Ad Image

बुद्धजन्मस्थल र सम्पदा जोगाउन 'लुम्बिनी सांस्कृतिक नगरपालिका'सँग छलफल

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722821452.jpg

लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका विषयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

 

छलफलमा बुद्धजन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

 

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक हुने बताए । उनले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताए ।

 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति भएकाले कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताइन् । कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न उपप्रमुख हरिजनले सुझाव दिइन् ।

 


कोषका पदाधिकारीसहित नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्ष, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुसहितको उपस्थितिमा छलफल भएको हो