Ad Image

धनुषाधाम नगरपालिका–४ मा निर्माण सुरु भएको २५ वर्षपछि खानेपानी योजना सञ्चालनमा

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722850491.jpg

निर्माण सुरु भएको २५ वर्षपछि धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ । २०५६ सालमा सरकारको लगानीमा सुरु भएको सो खानेपानी योजना सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।


धनुषाधाम नगरपालिका–४, का वडाध्यक्ष मनोज यादवले ढिलै भए पनि खानेपानी योजना सञ्चालनमा आएपछि खुसी लागेको बताए ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी वितरणका लागि एक लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की र एउटा डिप बोरिङ निर्माण गरिदिएको छ । त्यसलगायत कार्यालय भवन, कर्मचारी बस्ने घर निर्माण गरेको छ ।

 

 

योजना सञ्चालनमा आएसँगै यहाँका लक्ष्मीपुर, सर्सा, केशरकुट्टी र चिरैयालगायतका गाउँ गरी सात सय घुरधुरी यस योजनाबाट लाभान्वित हुने भएका छन ।