Ad Image

वडाध्यक्ष गए बेलायतः ‘वडा सचिव भन्छन–थाहा छैन, वडाध्यक्ष श्रीमती भन्छिन– ऋण तिर्न बेलायत जानु भएको हो’!

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722918196.jpg

राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ बेलायत गएका छन ।

 

वडाअध्यक्ष गुरुङकी  श्रीमती संगिता गुरुङले ऋण तिर्नका बेलायत गएको बताएकी छन भने वडासचिव असलेख कुमार चौधरीले भने आफुलाई थाहा नभएको बताएका छन ।

 

गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । करिब ४० लाख ऋण भएकाले ऋण तिर्नका लागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताएकी छन ।

 

वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् । कार्यवाहक वडा अध्यक्ष पुनका अनुसार उनलाई साउन १६ गते देखि वडा अध्यक्ष गुरुङले आफुलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएका हुन । आफु बेलायतबाट नर्फकनुजेलसम्मका लागि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको पुनले बताइन ।

 

२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए।