Ad Image

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई व्यवस्थित गर्न कार्यसम्पादन निर्देशिका ल्याउँदै कांग्रेस

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722940323.jpg

नेपाली कांग्रेसले पार्टीको घोषणापत्रविपरीत स्थानीय तहका जनप्रतिनिधि हिँडेको भन्दै अब कार्यसम्पादन निर्देशिका ल्याउने भएको छ ।

 

बुधबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलक्षित कार्यसम्पादन निर्देशिका पेस गर्ने भएका छन् ।

 

पार्टीको घोषणापत्रविपरीत र पार्टीसँग समन्वय नगरी मन्त्री र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले काम गर्दा अपजसको भागीदार पार्टी हुने भएकाले अब कार्यसम्पादन निर्देशिका ल्याएर उनीहरुलाई पार्टीको उद्देश्यअनुसार चलाउन खोजिएको कांग्रेसले जनाएको छ । संघ, प्रदेशमा मन्त्री बनेका र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूले पार्टीसँग समन्वय गर्ने र सोहीअनुसार काम गर्नुपर्ने व्यवस्थासहित निर्देशिक ल्याउन लागिएको हो ।

 

निर्देशिका बनाउने विषयमा सोमबार बसेको शीर्ष तहका नेताको बैठकमा पनि छलफल भएको थियो ।