स्थानीय तहमा रिक्त ३४ पदको निर्वाचन मंसिरमा गर्न गृहमन्त्रीको सुझाव
No Author Assigned | ११ महिना अगाडि
गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरमा गर्नुपर्नेमा जोड दिएका छन ।
मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले स्थानीय तहको उपनिर्वाचनका लागि सरकार सहजीकरण गर्न तयार रहेकाले मंसिरमा उपनिर्वाचन गर्नेबारे निर्णय गर्न भनेका हुन ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त निदेश थपलियाले नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ गरी स्थानीय तहमा ३४ पद रिक्त रहेका बताए ।