Ad Image

खोलामाथि पुल बनाउन पर्छ, ‘घर र बाटो होइन’: मेयर बालेन

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723184973.jpg

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचा खोलाको संरक्षण र क्षेत्राधिकारभित्रका संरचनाहरू हटाउन आवश्यक कदम चालेको बताएका छन् । केही समयअघि महानगरले टुकुचा खोलामाथि बनेका संरचनाहरू हटाउने काम शुरू गरे पनि अदालती आदेशका कारण काम रोकिएको थियो ।

 

मेयर बालेनले शक्रबार आफ्नो फेसबुक पोस्टमार्फत एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केही रोकिन परेको थियो ।’

 

मेयर बालेनका अनुसार अदालतको आदेशपछि महानगरले टुकुचा खोलाको क्षेत्राधिकारभित्र रहेका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा महानगरले पत्र पठाइसकेको छ। ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ,’ मेयर बालेनले भनेका छन् ।

 

उनले फेसबुकमा थप प्रस्ट्याउँदै भनेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’

 

बालेनको फेसबुक स्टाटसमा हेर्न यहाँ क्लिक गर्नुहोस