Ad Image

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङ गाउँपालिकाका महिला

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723458012.jpg

टेम्केमैयुङ गाउँपालिकाका महिलाहरू गृहिणी भूमिकाबाट उद्यमशीलतामा प्रवेश गर्न थालेका छन्।

 

गाउँपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरेपछि उनीहरू ढाका बुनाइ, सिलाइकटाइ, तरकारी खेती, र सेनिटरी प्याड उत्पादनजस्ता व्यवसायमा सक्रिय भएका छन्। गाउँपालिका उपाध्यक्ष रमादेवी राईले महिला उद्यमशीलताका लागि विभिन्न वडामा सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको बताइन । 
 

 

वडा नं ६ कोटमा ढाका बुनाइ तालिमपछि महिलाहरूले घरमै कपडा उत्पादन गरी आर्थिक आय आर्जन गरिरहेका छन्। वडाध्यक्ष सूर्यप्रसाद नेपालले महिलालाई स्वरोजगार र उद्यममा जोड्न तालिम प्रदान गरेको जानकारी दिए ।