Ad Image

नरहरिनाथ गाउँपालिकाले गर्यो भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723703765.jpg

नरहरिनाथ गाउँपालिकाले गाई, भैँसीपालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाको वडा न. ४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो । 
 


पशुपालन व्यवसायलाई थप गुणस्तरीय र उत्पादनमुखी बनाउनका लागि वडा नं ४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 
 


त्यसैगरी रैथाने पशुको नस्लको संरक्षण गर्न स्थानीय जातको भाले पशुको व्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गरिने पनि भएको छ ।  उन्नत जातको भाले पशुको वीर्य ल्याएर कृत्रिम गर्भाधानको कार्यलाई प्राथमिकता राखिएको पालिकाले जनाएको छ ।