Ad Image

भजनी नगरपालिकामा बाढिले खेतमै उम्रियो चैते धान

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723950802.jpg

कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । 
 


भजनी नगरपालिकाको कार्यालयका अनुसार यस वर्ष भजनीमा आठ सयदेखि नौ सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । जसमध्ये धेरै किसानले चैते धान भित्र्याए पनि असार अन्तिमसम्म नभित्र्याएको किसानको चैते धान खेतमा नोक्सान भएको कृषि शाखाका अधिकृत सुशोभन अधिकारीले जानकारी दिए।  



उनले भने, “असार २३ र २४ गते आएको बाढीले चैते धान खेतीमा नोक्सान गरेको हो । त्यसभन्दाअगाडि धेरै जसो किसानले धान भित्र्याइसकेका थिए ।” 



उनका अनुसार बाढीले चैते धान खेतीमा गरेको क्षतिको विवरण वडा कार्यालयले सङ्कलन गरिरहेको छ । क्षतिको विवरण पालिकामा अझै आइपुगेको छैन ।