Ad Image

पालिकाले खटायो बाँदर हेरालु

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1724208955.jpg

गुल्मीमा बाँदरले हैरान बनाएपछि हेरालुको व्यवस्था गरिएको छ । 

बारीमा लगाएको मकै खेती जोगाउन कृषकलाई मुस्किल भएपछि रेसुङ्गा नगरपालिकाले खेती जोगाउन हेरालुको व्यवस्था गरेको हो ।  


वडा नम्बर ७ का वडाध्यक्ष रामजी पन्थीले मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था वडा कार्यालयले गरेको जानकारी दिए ।  वडाभित्रका विभिन्न टोलमा गरी २५ जना बाँदर हेरालुको व्यवस्था गरिएको उनको भनाइ छ । एक लाख ५० हजार रुपियाँको बजेटबाट यो व्यवस्थापन गरिएको हो । 


अहिले बारीमा भएको मकै बाँदरले खाने गरेको र दुःखसुख घरमा ल्याए पनि पछि घरमै आएर मकै निकालेर बाँदरले खाने गरेको सोही वडाकी स्थानीय सीता मरासिनीले बताइन । घरमा ल्याएर राखेको मकै पनि नजोगिने अवस्था रहेको उनको भनाइ छ ।  


रेसुङ्गा नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार दुई जनालाई बाँदर धपाउन वडा कार्यालयले व्यवस्था गरेको बताए । मकै खेती नपाकुन्जेलसम्मका लागि उहाँलाई एकमुस्ट २०/२० हजार दिने गरी बाँदर धपाउने व्यवस्था गरिएको उनको भनाइ छ ।