Ad Image

नलगाड नगरपालिकाका मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1724395549.jpeg

जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको नयाँ प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई हाजिर गराउन अस्वीकार गरेका छन्।

 

मन्त्रालयले २७ साउनमा नलगाडकै स्थानीय गोपाल शाहीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउने निर्णय गरेको थियो। तर, मेयर रावतले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईलाई हटाएर नयाँ अधिकृतलाई हाजिर गराउन नमिल्ने भन्दै शाहीलाई फिर्ता पठाइदिएका हुन्। भट्टराईको सरुवा राष्ट्रिय सूचना आयोगमा गरिएको थियो।

 

स्थानीय राजनीतिक दलका कार्यकर्ताले मेयर रावतले आगामी मंसिरमा हुने उपनिर्वाचनमा सहजता होस् भनेर नयाँ अधिकृतलाई हाजिर गर्न नदिएको दाबी गरेका छन्। यसअघि, जितपुरसिमरा उपमहानगरपालिका र राप्ती नगरपालिकाले पनि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेका थिए।