Ad Image

गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षक लामाविरुद्ध साइबर अपराधको मुद्दा

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724404163.jpg

धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत राजन लामाविरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको छ।

 

लामालाई सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताविरुद्ध गालीगलौज गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको थियो। यस अभियोगमा काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता गरिएको छ।

 

लामालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको विषयलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री र अन्य नेताहरूप्रति आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको छ। लामालाई साउन २७ गते पक्राउ गरिएको थियो। उनी माओवादी निकट वाईसीएलका जिल्ला सचिव पनि हुन्।