फलेवास नगरपालिकाले लाखौंमा भाडामा लियो आवास, मेयर र कर्मचारी भने आफ्नै घरमा बस्दै


फलेवास नगरपालिकामा नगर प्रमुख र कर्मचारीका लागी भाडामा लिइएको आवास प्रयोग विहिन भएको पाइएको छ।
नगरपालिकाले २०७४ मा नै नगर प्रमुख र कर्मचारी का लागी आवास को व्यवस्था गरेको थियो, तर २०७९ को निर्वाचनमा निर्वाचित भएका नयाँ जनप्रतिनिधी हरूले भने उक्त आवास प्रयोग गरेका छैनन। जबकी नगरपालिकाले नगरप्रमुखको आवासका लागी वार्षिक साढे चार लाख रुपैँया र कर्मचारीको आवासका लागी वार्षिक तिन लाख पैँतालिस हजार रुपैँया भाडा तिर्दै आएको छ।
नगरपालिकाले नगरप्रमुखका लागी लिएको आवास प्रयोग भइ रहेको नगर प्रमुख गंगाधर तिवारी बताउँछन। तर उपप्रमुख शोभा कुमारी क्षेत्री भने नगर प्रमुख र कर्मचारीको लागी लिएको आवास साढे दुई वर्ष देखी प्रयोग विहिन भएको बताउँछिन।