गुल्मीदरबार गाउँपालिकामा नसर्ने रोगको समस्या विकराल बन्दै


गुल्मीदरबार गाउँपालिकामा नसर्ने रोगको समस्या बढ्दै गएको पाइएको छ।
गाउँपालिकाले हालै सार्वजनिक गरेको वार्षिक स्वास्थ्य समीक्षा प्रतिवेदनअनुसार अनुसार पालिकाभित्र मिर्गौला रोगका ११, मुटुका १८, क्यान्सरका २५, उच्च रक्तचापका सात सय ११, मधुमेहका एक सय ५७ तथा श्वासप्रश्वास र दमका एक सय १७ बिरामी रहेका छन ।
गाउँपालिकामा ६ स्वास्थ्यचौकी, २ सामुदायिक स्वास्थ्य एकाइ, र १५ शय्याको आधारभूत अस्पताल रहेको छ। अस्पताल निर्माण सम्पन्न भए पनि सम्झौताअनुसारको रकम भुक्तानी नहुँदा व्यावसायीले अस्पताल हस्तान्तरण गरेका छैनन्।
गाउँपालिकाले ८० वर्षभन्दा माथिका ४०९ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। मातृ शिशु स्वास्थ्यको लागि ‘मेरी आमा स्वस्थ आमा’ अभियान लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।