Ad Image

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलीय संयन्त्रद्वारा तालाबन्दी

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725277807.jpg

महोत्तरीको पिपरा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रको कार्यकक्षमा सर्वदलीय संयन्त्रले तालाबन्दी गरेको छ। 

 

 गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार  मिश्रले छलफलका लागि तोकिएको समयमा उपस्थित नभएपछि नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, जनमत पार्टी लगायतका दलहरू सहभागी सर्वदलीय समितिले तालाबन्दी गरिदिएको पालिका अध्यक्ष रामजानकी यादवले जानकारी दिए । 

 

नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, जनमत पार्टी लगायतका दलहरू सहभागी सर्वदलीय समितिले शिक्षा, स्वास्थ्य, कृषि, र पशु स्वास्थ्य जस्ता क्षेत्रहरूमा अनुगमनपछि उठेका गुनासा र कमीकमजोरीबारे छलफल गर्न प्रमुख प्रशासकीय अधिकृतसँग समय मागेको थियो। तर, प्रमुख प्रशासकीय अधिकृत मिश्र पटकपटक समय दिएर पनि उपस्थित नभएपछि बाध्य भएर तालाबन्दी गरिएको लोसपाका पिपरा गाउँपालिका कमिटी अध्यक्ष विनीत पाण्डेयले बताए ।