Ad Image

सिराहा नगरपालिकाको बसबिटा गाउँमा वर्षौंभरि पानी जम्ने समस्या

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725345264.jpeg

सिराहा नगरपालिका–६, बसबिटा गाउँमा वर्षाको पानी निकास नहुँदा स्थानीयवासीले असारदेखि कात्तिकसम्म घरआँगनमै पानी जम्ने समस्याको सामना गर्दै आएका छन्। कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँका अधिकांश घरमा चार महिना पानी जमिरहने समस्या रहेको छ, जसले गर्दा सर्पको बिगबिगी हुने र बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको छ।

 

स्थानीय शान्तिदेवी यादवका अनुसार, गाउँमा पानी निकासको उचित व्यवस्था नहुँदा यो समस्या झनै जटिल बनेको छ। वडाध्यक्ष इन्द्रजित यादवले नाला निर्माणबिना पक्की सडक निर्माण गर्दा समस्या थपिएको बताए। हुलाकीमार्ग निर्माण समितिका संयोजक रामरिझन यादवले मधेश प्रदेशमा नालाबिनाको सडक निर्माणले विकासको नाममा विनास निम्त्याएको बताए।

 

सडक डिभिजन कार्यालय लहानका इन्जिनियर जिवछ यादवले पनि नालाबिना ढलान कार्य गरिएकोले समस्या बढेको बताए। वडाध्यक्ष इन्द्रजित यादवले पानी निकासका लागि सिराहा नगरपालिकासँग समन्वय गरिरहेको र समस्या समाधानका लागि नगरप्रमुख नवीनकुमार यादवले प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।