Ad Image

लगातारको वर्षाले झापाका कचनकवल, कमल र गौरीगञ्जमा ३ जना बेपत्ता

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727491536.jpeg

झापा ।  लगातारको वर्षाका कारण झापाका विभिन्न खोलामा आएको बाढीले कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा ३ जना बेपत्ता भएका छन्। 

 

कचनकवल गाउँपालिका–१ झकुवाटोलकी १४ वर्षीया नेहारिका राजवंशी जमुना खोलामा साइकलसहित बगेर बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार शुक्रबार दिउँसो भारत सानिमाको घरबाट फर्कने क्रममा चमारभिट्टा पुल नजिकै उनी बगेर बेपत्ता भएकी थिइन्।

 

यस्तै, कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरी ‘मुसे’ माछा मार्ने क्रममा किस्ने खोलाले बगाउँदा बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय गौरादहको टोलीले उनको खोजी कार्य जारी राखेको छ।

 

त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारी सुकुम्बासी बस्तीका ५० वर्षीय मालाल ताजपुरिया हुलाकी सडकको किस्ने खोलाको पुलबाट हाम फालेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेपत्ता ३ जनाको खोजी कार्य तीव्र पारिएको छ।