Ad Image

सुनकोशी गाउँपालिकामा ३३ जना विद्यार्थी र शिक्षक नदीबीच फसे

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1727496269.jpeg

सिन्धुली ।  सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका २८ विद्यार्थी र गुरुसहित ३३ जना नदीको बिचमा फसेका छन्। 

 

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले दुवैतिरबाट मन्दिरलाई घेरेका कारण उनीहरू कतै भाग्न नसकेको शिक्षक नारायण घिमिरेले जानकारी दिए। गुरुकुलका विद्यार्थी र शिक्षकहरू भवनको माथिल्लो तलामा आश्रय लिइरहेका छन् भने विद्युत र इन्टरनेटको पहुँच समेत नरहेको बताइएको छ। उद्धारका लागि कुनै पहल नभएको र सम्पर्कमा समस्या आएको गुनासो गर्दै घिमिरेले मिडियामार्फत उद्धारको पहल गरिदिन आग्रह गरे । 

 

स्थानीय प्रशासनले बाढी र पहिरोको जोखिमका कारण नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आएको भए पनि गुरुकुलका विद्यार्थी र शिक्षकहरूको उद्धारमा हालसम्म कुनै ठोस कदम नचालिएको बताइएको छ। तत्काल उद्धारका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने र आवश्यक उद्धार कार्यका लागि समन्वय गर्नुपर्ने देखिएको छ।