ललितपुरको नखिपोट क्षेत्रमा बाढीले चार जना बेपत्ता


ललितपुर । लगातारको वर्षाका कारण ललितपुर महानगरपालिका-१५, नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन्। उक्त घटना केहीबेर अघि भएको प्रहरीले जनाएको छ। प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य गरिरहेको छ।
बाढीले बगाएका चारैजनाको खोजी कार्यलाई तीव्र बनाइएको छ। लगातारको वर्षाका कारण नख्खु खोला किनारका बस्तीहरू उच्च जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।