Ad Image

सार्वजनिक भए मन्त्रिपरिषद् बैठकका १२ निर्णय

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1729851316.jpg

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बबई सिँचाइ आयोजनाको लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने लगायतका १२ वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय गरेको बताए। बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने, स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत/ महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने लगायतका निर्णय गरेको छ।