Ad Image

भारतका स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

User Image मेयरसाप डेस्क | ७ महिना अगाडि
Image of storage/news/1732078191.jpg

काठमाडौं, मंसिर ५: भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज (बुधबार) नेपाल आउँदैछन् । उनी पाँच दिने भ्रमणका लागि नेपाल आउने कार्यक्रम तय भएकाे थियाे।

 

सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

 

उनको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।

 

भ्रमणका दौरानमा सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने जानकारी दिइएकाे छ।

 

उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग बुधबार नै भेटघाट, कमान्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

 

यसैगरी द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यतालिका पनि छ ।

 

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।