Ad Image

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732078539.jpg

काठमाडौं । आउँदाे मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

 

आज बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएकाे छ ।

 

त्यस्तै आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंगलबार उम्मेदवारको नामावली प्रकाशन भएको थियो ।

 

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४०७ जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो ।

 

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

 

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुईजना, गाउँपालिका अध्यक्ष दुईजना, उपाध्यक्ष चारजना, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक जना र वडाध्यक्ष ३४ जना गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।