Ad Image

लगातार बढ्दै छ सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732084169.png

काठमाण्डाै, मंसिर ५:  नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।