Ad Image

कैलाली जिसस प्रमुखमा कांग्रेसकी टिकाकुमारी चौधरी निर्विरोध निर्वाचित

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732090355.png

धनगढी । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।

कांग्रेससँग सहकार्यको सहमति भएपछि नेकपा एमालेले भने उम्मेदवारी दिएको थिएन ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टिकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।