Ad Image

स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732101232.jpg

काठमाडौँ, मंसिर ५: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए ।

 

गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

 

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 

अब रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

 

मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आजै   चुनाव चिन्ह प्रदान गरिएको छ ।