Ad Image

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732102221.jpg

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

 

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए । प्रसाईंलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध कम्बाेडियामा लगानी रहेकाे विवादास्पद अभिव्यक्ति दिएकाे भन्दै उनी पक्राउ परेका हुन् ।

 

प्रसाईंले सोमबार कम्बोडियाकाे एक टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

 

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पनि पक्राउ परेका थिए ।