Ad Image

ईशनाथ नगरपालिका वडाध्यक्ष साहको निधन

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731643126.jpg

चन्द्रपुर, कात्तिक ३०: मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । एकसट्ठी वर्षीय उहाँको बिहीबार राति निधन भएको हो ।     
     
वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो ।     
     
त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गर्नुभएको छ ।