Ad Image

उपनिर्वाचनः बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733034092.png

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।  

 

४ घण्टाको अवधिमा २५ प्रतिशत मतदान सम्पन्न भएको जनाएको छ ।

 

सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । मतदान सुरु भएको ४ घण्टामा २५ प्रतिशत मत खसेको छ । अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ ।


नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । 

 

यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।