Ad Image

दैलेखको महाबुमा मतदान जारी, बिहान ११ बजेसम्म ३ हजार मत खस्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733034902.png

सुर्खेत । उपनिर्वाचन भइरहेको दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्ष पदका लागि बिहानै ७ बजेदेखि नै सुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीनहजार मत खसेको छ ।

 

जिल्ला निर्वाचन अधिकृतका अनुसार तीन हजार ४४ मत खसिसकेको छ । महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३ प्रतिशत मत खसेको हो ।

 

महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाशकुमार बुढा चुनावी मैदानमा होमिएका छन् । यस्तै राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन् ।

 

त्यस्तै दैलेखको दुल्लु नगरपालिका-१३ मा बिहान ११ बजेसम्म ६६६ मत खसेको छ । दुल्लुमा २ हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृतले  जानकारी दिए ।

 

मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।