Ad Image

हेटौंडाको १२ नम्बर वडामा ६० प्रतिशत भन्दा बढी मत खस्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733046683.jpg

मकवानपुर । हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा मतदान जारी छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा दिउसो ३ बजे सम्म ६४.५६ प्रतिशत मत खसेको छ । पुरुष तर्फ १२९० र महिला तर्फ १५६८ र अन्य १ गरी जम्मा २८५९ मत खसेको छ ।

 

त्यस्तै गरी विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा जारी मतदानमा ६४.१३ प्रतिशत मत खसेको छ । तिन बजे सम्म जम्मा २३२५ मत खसेको छ । जसमध्ये पुरुष तर्फ १०५९ र महिलातर्फ १२६६ मतमदाताले मतदान गरेका छन ।

 

यस वडाको मतदान आजै गन्ने तयारी रहेको छ । मतगणना हेटौंडा–२, स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुनेछ । राति ९ बजेटबाट मतगणना सुरु गरेर २ बजेभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ वटा समूह बनाएर मतगणना गरिने बताएका छन ।


१२ नम्बर वडामा गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।