Ad Image

जाजरकाेटकाे नलगाड उपप्रमुख पद कांग्रेसबाट माओवादीले खाेस्याे, देवका विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् ।

आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको मत परिणामअनुसार माओवादीकी  लामिछाने ४ हजार दुई सय ७२ मतसहित विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी  कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुखमा नेपाली कांग्रेसले जितेको थियो ।

कांग्रेस-माओवादी गठबन्धनबाट उपाध्यक्ष पाएको कांग्रेसले यसपटकको चुनावमा आफ्नो विरासत जोगाउन सकेन ।