Ad Image

गुल्मीको मुसिकोट नगरपालिका-१ मा कांग्रेस फराकिलो मतान्तरले विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो चुनावमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो । यसपटक कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठ २५४ मतान्तरसहित विजयी भए ।

उनले १ हजार १ सय ८४ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत ल्याए ।
माओवादी केन्द्रका दुर्गाबहादुर विकले १ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४४ मत प्राप्त गरे ।