बझाङको सुर्मा-४ मा कांग्रेसका पुजारा विजयी


बझाङ । बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मतसहित विजयी भएका छन् ।
उनले नेकपा एमालेका लखिचन्द्र बोहरालाई १७० मतान्तरले पराजित गरे । बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका पुस्कर बोहराले जम्मा १७ मत पाए ।
सो वडामा जम्मा १ हजार ५ सय ५४ मतदाता रहेकोमा १ हजार १ सय ७८ मत खसेको थियो । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा विजयी भएका थिए ।